सय पटकसम्म प्रयास गर्न पाईने मेरो सेयरको पासवर्ड बिर्सिएमा « Arthapath.com
११ आश्विन २०७७, आईतवार

सय पटकसम्म प्रयास गर्न पाईने मेरो सेयरको पासवर्ड बिर्सिएमा



काठमाडौं । मेरो सेयरको पासवर्ड विर्सिएपनि अव धेरै पटकसम्मपनि प्रयास गर्न पाउने भएका छन् । लगानीकर्ताको सहजताका लागि मेरो सेयरको प्रणालीमा असोज ११ गतेदेखि लागु हुनेगरि पासुवर्ड विर्सिएमा एक सय पटकसम्म पुन प्रयास गर्न पाउने ब्यवस्था गरेको सीडीएससीले जनाएको छ ।

मेरो सेयर प्रयोगकर्ताले यसअघि पासवर्ड बिर्सिएमा १० पटकभन्दा बढी प्रयास गर्न पाउँदैन थिए । १० पटकसम्म कोसिस गर्दा पनि पासवर्ड नमिले नयाँ पासवर्ड लिनुपर्ने हुन्थ्यो । सय पटकसम्म प्रयास गर्दा पनि नमिलेको खण्डमा भने वार्निङ आएर क्यान्सिल हुने सिडिएका प्रवक्ता सुरेश न्यौपानले बताए । मेरो सेयरको पासवर्ड तीन–तीन महिनामा परिवर्तन गर्नुपर्ने यसअघिको व्यवस्थालाई पनि बढाएर ६ महिना र्पुयाएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्