पूर्वराजा ज्ञानेन्द्र शाहले बढाए सोल्टी होटलमा लगानी, ८४ लाख २५ हजार कित्ता सेयर थपे « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

पूर्वराजा ज्ञानेन्द्र शाहले बढाए सोल्टी होटलमा लगानी, ८४ लाख २५ हजार कित्ता सेयर थपे



काठमाडौं । गतसाता नेप्सेमा सोल्टी होटलको ८४ लाख २५ हजारभन्दा धेरै कित्ता सेयरको बल्क कारोबार भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको नाममा प्रमुख स्वामित्व भएको कम्पनीले उक्त सेयर किनेर होटलमा आफ्नो लगानी बढाएको छ ।

पूर्वराजा ज्ञानेन्द्रसहित उनको परिवारको प्रमुख सेयर रहेको सोल्टी इन्टरप्राइजेजले हबकबको होलिडे इन्स इन्भेष्टमेन्ट नेपालको स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता सेयर खरिद गरेको हो । अहिले बजार मूल्य १९० रुपैयाँ रहेको सोल्टीको सेयर हबकब होलिडेले ५६ रुपैयाँ ६ पैसाका दरले सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरेको हो । हबकब होलिडेले विदेशी मुद्रामै बेचेको यो सेयरको कुल मूल्य ४७ करोड २३ लाख ४५ हजार रुपैयाँ बराबर रहेको छ ।

गत डिसेम्बर मध्यमा नै सोल्टी इन्टरप्राइजेज र हबकब होलिडे इन्सबीच यो सेयर स्वामित्व किनबेचको सम्झौता भइसकेको थियो । सोही सेयर दोस्रो बजारमा किनबेच गरेर डिम्याट खातामा सार्नुपर्ने भएकाले त्यसका लागि आज नेप्सेमा बल्क कारोबार भएको हो । दोस्रो बजारमा कारोबारसँगै बिक्रीपछि प्राप्त रकम हबकब लैजान होलिडे इन्स इन्भेष्टमेन्टलाई प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

इन्टरकन्टिनेन्टल होटल ग्रुपको सहायक कम्पनीको रूपमा रहेको होलिडे इन्सले सेयर स्वामित्व लिक्विड गर्दै व्यवस्थापनमा मात्र केन्द्रित हुने योजनास्वरूप नै नेपालबाट लगानी फिर्ता लैजाने निर्णय गरेको थियो । सोहीअनुरूप यसले सोल्टीको स्वामित्व बिक्री गरेको हो । यद्यपि, सोल्टीमा इन्टरकन्टिनेन्टलको व्यवस्थापन भने कायम रहने बताइएको छ । इन्टरकन्टिनेन्टलले नेपालको सोल्टीका साथै विश्वका धेरै होटलहरूको व्यवस्थापन हेर्दैआएको छ ।

खरिद–बिक्री गर्ने दुई पक्षको आपसी समझदारीमा मूल्य तय गरेर । सेल्स– पर्चेज एग्रिमेन्ट’अनुसार नेप्सेमा बल्क कारोबारका लागि जान सक्ने भए पनि यसका लागि उद्योग विभागबाट स्वीकृत लिनुपर्ने हुन्छ । सोहीअनुसार विभागको स्विकृती भएको यो कारोबार ब्रोकर नम्बर ३३ र ३४ बाट बल्क ट्रेडिब विन्डोमार्फत किनबेच भएको छ । जसमा ३४ नम्बरको भिजन ब्रोकरेजबाट बिक्री भएको सोल्टीको सेयर ३३ नम्बरको दक्षिणकाली इन्भेष्टमेण्ट सेक्युरेटिजबाट खरिद गरिएको हो ।सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्