मंगलबार नेप्से ९.४२ अंकले घटेर १ अर्ब ८१ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार नेप्से ९.४२ अंकले घटेर १,५६८.५९ को विन्दुमा बन्द भएको छ । मंगलबार १९३ कम्पनीको ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
उत्पादनमूलक क्षेत्र र म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् । मंगलबार सबैभन्दा अरुण काबेलीको ११ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै ज्योति विकास बैंकको ११ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेको छन ।त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर २८ हजार ६४० पटक खरिद विक्री हुदाँ १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।