खुलेको १ घण्टा १० मिनेटमै ४८.४८ अंकले सेयर बजार बढ्यो, २ अर्व २३ करोडको कारोवार बजार « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

खुलेको १ घण्टा १० मिनेटमै ४८.४८ अंकले सेयर बजार बढ्यो, २ अर्व २३ करोडको कारोवार बजार



काठमाडौं । सेयर बजारमा बुधबार पुनः हरीयाली छाएको छ । बुधबार कारोवार २०००.४ अंकबाट कारोवार सुरु भएको सेयर बजार १ घण्टा १० मिनेटमा ४८.४८ अंकले बढ्यो ।

बुधबार वाणिज्य बैंकिङ समुह, विकास बैंकिङ बाहेक सबै कम्पनीको सेयरमा उछाल आएको छ । बजार खुलेको १ घण्टामै २ अर्व २३ करोड रुपैयाको कारोवार भएको छ ।

मंगलबार २०००.४० अंकमा पुगेर बजार बन्द भएको थियो । मंगलबार बजारमा धेरै उदार चढाव आएपनि बुधबार भने एकनासले बढिरहेको छ । ननलाईफ इन्स्योरेन्स समुहको १५७ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्