बैंकको व्याज सस्तो हुँदा सेयर बजार बढेको सरोकारवालाहरुको ठम्याई « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

बैंकको व्याज सस्तो हुँदा सेयर बजार बढेको सरोकारवालाहरुको ठम्याई



चित्र भण्डारी

काठमाडौं । सेयर किन र कसरी बढ्छ भन्नेमा कुनै जानकारी नहुने लगानीकर्ता पुरुषोत्तम कार्कीले बताए । ऋण निकालेर सेयरमा लगानी गर्दा स्थिर वा घट्ने गर्छ भने कुनै समय ह्वात्तै बढ्ने गरेको उनले बताए । अहिले चाहि कोरोना भाइरसका कारण अनलाइन कारोबार बढि भएकाले बजार बढेको उनको बुझाइ छ । अर्थमन्त्री परिवर्तन भएकाले सेयर बजार बढेको उनको ठम्याइ छ ।

लगानी गर्ने क्षेत्र धेरै कम रहेको र बेरोजगार धेरै भएकाले सेयरमा लगानी गर्दा भविष्यमा फाइदा हुने भएकाले सेयर कारोबार बढेको बिष्णु प्रसाद हेममिखाले बताए । माफियाहरुले ब्ल्याक कालो धनलाई चलखेल गरेको र सर्वसाधारण जनताहरुमा बढ्यो भन्ने सोचेकाले उनीहरुले लगानी बढाएको उनको बुझाइ छ ।

पछिल्लो एक महिनामा करिव २ लाख रुपैयाँ आम्दानी भएको लगानीकर्ता बाबुराम अधिकारीले बताए । कोरोनपछि बजारमा चहलपहल बढ्नु र सबै बप्लिक कम्पनीहरुले धमाधम डिभिडेण्ट घोषणा गर्ने क्रम जारी रहेकाले पनि बजार बढेको अधिकारीको ठम्याई छ । पहिले बैंङिक सेक्टरको राम्रो रहेको भएपनि पछिल्लो हप्ता बढि रिस्क रहेको उनले बताए ।

पछिल्लो समय बैंकहरुले सस्तो ब्याजमा सेयर कर्जा दिएकाले पनि बजार बढेको ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटले बताए । सेयर दलाल कम्पनी एशियन सेक्युरिटिजका अध्यक्ष रुद्रप्रसाद शर्माले बैंकको ब्याज सस्तो भएकाले नेप्से बढेको बताए । उनले भने, “ बैंकको ब्याज सस्तो छ, अरु व्यवसाय ठप्प छ, सेयर बजारमा पैसा इजि पाइनाले पनि सबै जनात यसमा आकर्षित भएका छन् ।”

अहिले बजार बढ्ने समय रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेकाले पनि सेयर बजार बढेको उनको बुझाइ छ । बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका कारण बजार बढेको ब्रोकर शर्माले बताए । फाइनान्सको रिपोर्ट राम्रो आउने कुनै जानकारी पाएकाले पनि बढेको हुन सक्ने उनले बताए । उनले भने, “फाइनान्सको रिपोर्ट राम्रो आउने हल्ला हुन्छ । सेयरहोल्डरहरुको जसको सेयर हुन्छ उसले चासो लिएको हुन्छ । कुनैपनि वेयबाट पत्ता लगाएर त्यसमा हात हालेको हुन्छ ।”

सेयर बजार बढ्ने वा घट्ने बजारको प्रकृति हो । तत्कालका लागि बजार घट्दैन । यति सम्म भनेर क्याल्कुलेशन गर्न सकिदंैन । यतिसम्म पुग्छ भन्ने मान्छे कहिले पनि सक्सेस हुन सक्दैन ।


प्रतिक्रिया दिनुहोस्