प्रभु क्यापिटलमा डिम्याट खाता निःशुल्क « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

प्रभु क्यापिटलमा डिम्याट खाता निःशुल्क



काठमाडौं । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले केही समय अगाडि सञ्चालन गरेको ३ बर्षे Free Demat खाता योजनामा हाम्रा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन (https://onlinedemat.prabhucapital.com/DematForm) बाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि मंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि Free Dematखाता योजना ल्याएको छ ।

यस योजना अन्र्तरगत खाता खोल्न चाहने ग्राहकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क Demat खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्