बत्ती बलेको पहिलो वर्षमानै लाभांश दिन सक्छौं


किरण कुमार श्रेष्ठ, सीईओ, साञ्जेन जलविद्युत कम्पनी लि.
साञ्जेन जलविद्युत्को प्रोजेक्ट कहाँ पुग्यो ? धेरै नै ढिला भएन र ?
साञ्जेन जलविद्युतको २ वटा प्रोजेक्ट छ । यसको माथिल्लो आयोजनाको सिभिलको काम झण्डै ९५ प्रतिशत सम्पन्न भइसकेको छ । साञ्जेन प्रोजेक्टको ओभरअलमा ८८ प्रतिशतकाम सम्पन्न भएको छ । माथिल्लो सान्जेनमा बाँकी रहेको काम भनेको मुख्यतः मेसिनरी तथा उपकरणको काम बाँकी रहेको छ । त्यो विशेषतः कोरोना सुरु हुनेबित्तिकै जनवरीदेखि नै रोकिएको अवस्था छ ।
मेसिन उपकरण हाम्रो झण्डै ५० प्रतिशतभन्दा बढि ल्हासामा थन्किएर बसेका छन् । नाकामा रिस्क बढेको हुँदा सामान आउनै पाएको छैन । दैनिक ४ सय टनका दरले मात्रै चिनियाँ भन्सारले सामान छोडेको छ । हाम्रो सामान अहिलेसम्म आउन सकेको छैन । त्यसको लागि सबै निकाय परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, बाणिज्य मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत सबै मन्त्रालय पुगेको छौं, तर प्रशासनिक र पाविधिक समस्याका बावजुद यो खुल्न सकेको छैन् ।
यसमा हामीले ल्हासाको महावाणिज्यदूतलाई धेरै गुहारेका छौं । उहालाई पनि यो आयोजना जनताको जलविद्युत्अन्तर्गतको सरकारी कार्यक्रम हो । जनतासँग असाध्यै जोडिएको र नेपाल–चीन सिमानाको आयोजना भनेर मैले चिठ्ठी लेखेको छु । फेरि नेपाल र चीनसम्बन्धमा स्थानीय जनतालाई पनि असर गर्ला भन्ने भाषाले प्राथमिकतामा राखेर कुरा गरिदिनुप¥यो भनेर भनेको थिएँ । त्यहीबमोजिम परराष्ट्रले पनि प्रथामिकता राखेर चिठ्ठी लेखिदियो । त्योबमोजिम पछिल्लो समयमा सामान आउँछ कि भन्ने आशा छ । तर, उनीहरूले अहिलेको टाइममा ढुवानी कस्ट अलि बढी लाग्ने भयो भनेका छन् । तर, हामीले कन्ट्याक्टमा जे छ, त्यहीबमोजिम हुनुपर्छ भनेका छौँ ।
ठेकेदारसँग कन्ट्याक्टको पनि अवधि सकिएको छ । त्यसैले अब सबै सामान आउँछ कि भन्ने हो । त्यसको लागि अघिल्लो हप्ता चिठ्ठी गएको छ । सायद एक दुई महिनामासबै सामान आइसकेपछि माथिल्लो सान्जेनमा ८/१० महिनामा बत्ति बल्छ । तर, सामान कहिले आउँछ भन्ने कुरा अहिलेसम्म पनि एकिन हुने अवस्था छैन ।
तल्लो सान्जेनमा चाहिँ के हुँदैन ?
तल्ले सान्जेनमा पनि ८८ प्रतिशतको हाराहारीमा काम भएको छ । पावर अफ पनि अलमस्ट एक–दुई महिनामा इन्स्टलेशन सुरु गर्न सकिने अवस्था छ । सिभिल वक्र्समा चाहिँ सम्पूर्ण टनेलहरू खनिसकेको छ । त्यसमा फाइनल सपोर्टको कामहरू, कम्लिटिङको कामहरू सुरु भएको छ । यो दुईवटा आयोजनाको समस्या भनेको कमजोर ठेक्का हो । सिभिल ठेकेदारका कारणले यी प्रोजेक्टमा ढिलो हुनु मेजर हो । सँगसँगै हाम्रो भू–बनावट र प्राकृतिक प्रकोपका कुरा पनि छन् । नाकाबन्दी, भूकम्पलगायत पनि यसमा समस्याका रुपमा रहेका छन् । तर, अहिलेको अवस्थामा आयोजना ९० प्रतिशतको हाराहारीमा पूरा भएको अवस्था छ । निकट भविष्यमा २ वटा आयोजना सम्पन्न भएको देख्न सकिन्छ ।
तपाइँंले बत्ति बल्छ भनेको तोकिएको समयभन्दा धेरै ढिलो भयो नि ?
ठेक्काव्यवस्थापन र ठेक्का कार्यान्वयन सन्दर्भमा दुईवटा पाटा हुन्छन् । ठेक्का सम्झौताले पनि बोलिरहेको हुन्छ कतिबेलामा भनेर । ठेक्का सम्झौता भन्नाले दुईवटा पार्टी हुन्छन् । दुईवटा पार्टी भन्नेबित्तिकै एउटा पार्टीले भनेको सबै हुन्छ नै भन्ने पनि हुँदैन । त्यसमा जहिले पनि यो आयोजनामामात्रै होइन, सबै आयोजनामा समस्याहरू छन् । ओभरअल सिभिलको कुरा गर्नुहुन्छ भने म आउनुभन्दा अगाडि नै अवधि सकिएको थियो । आयोजनाको हालत त्यस्तो थियो । तर, त्यो अवस्थाबाट आयोजना ९० प्रतिशतमा ल्याउनु पनि ठूलो चुनौती थियो । यहाँ आइपुगेको छ, अलि धैर्य ग¥यो भने सम्पन्न हुन्छ ।

प्रोजेक्टचाहि“ समयमै सम्पन्न नहुने, लागत पनि बढ्ने तर बजारमा सेयरको मूल्यचाहि“ बढेको–बढ्यै छ । जनतालाई घाटा हुने भएन ?
लगानीका हिसावले यी दुबै नराम्रा आयोजना होइनन् । साञ्जेन जलविद्युत् आयोजनालगायत चिलिमेअन्र्तगतका आयोजनाहरू नराम्रा होइनन् । यसको राम्रो पक्ष भनेको लागत स्टमेट सुरुमा कम थियो । ठेक्का सम्झौता पनि कम मूल्यमा नै भयो । अर्काे पक्ष हामो कार्यप्रणालीको पारदर्शिता पनि हो । यस्ता पब्लिक कम्पनीहरू पारदर्शीरुपमा चलिरहेका छन् । आयोजना समयमा सम्पन्न भयो भने राम्रा पनि छन्, तर पछिल्लो समय अलिकति समय लम्बिने र डलर भाउ बढेका कारणले गर्दा प्रभाव परेको छ । यसले लागत बढाएको छ । अझै पनि डलरको मूल्य बढेको बढ्यै छ त्यसमा अलिकति पैसा बढि जान्छ । अर्काे निर्माण क्रममा लिएको लोनको ब्याज पनि बढिरहेको छ भने आयोजना सकिएमा बिजुलीबेचेर कमाउने मौका पनि पछि धकेलिएको छ । यसकारण मुनाफा आर्जनमा थप चुनौती छ । जतिसक्दो आयोजना सक्यो, त्यति राम्रो हुने हो । अहिलेसम्म हेर्दा आयोजना नराम्रा छैनन् । त्यसैले पनि रिटर्न राम्रो छ । अलिकति आयोजना ढिला भए पनि यसको सम्भावित रिटर्न अझै पनि राम्रो छ । त्यसैले सेयर बजारमा मूल्य पनि बढेको होला । लगानीकर्ताले पनि हेरेर बुझेर नै बिश्वासकासाथ लगानी गर्नुभएको होला नि ।
आईपीओ निष्काशन गरेको २ वर्ष पुग्नथाल्यो, किन अझै पब्लिक सञ्चालक चुनिएको छैन्न ?
साधारणतर्फको सबै सेयर बाँडफाँट भैसकेपछि निर्वाचन प्रक्रियामा जाने भन्ने हाम्रो सोचेको थियो । अघिल्लो वर्ष नै स्थानीयको सेयरहरू दिने भनेर तयारी गरिसकेका थियौँ । कम्पनीबाट लिनुपर्ने सबै कुरा अपडेटहरू सबै तयारी थियो, तर, कोरोनाले गर्दा पछाडि परेको हो । त्यसैले गर्दा स्थानीयको सेयर बिक्रीमा जान पाएन । स्थानीयको सेयर जान नपाएपछि सर्वसाधारणको एउटा पाटो स्थगित रह्यो । कम्पनीको अहिलेसम्मको योजनाअनुसार चाहिँ सम्पूर्ण सर्वसाधारणको सेयर जारी भैसकेपछि चुनाव गर्ने भन्ने नै हो ।
त्यसो भए अझै एक वर्ष लाग्छ कि अब कहिले हुन्छ ?
अझै एक वर्ष त नभनौँ । पोहोर हामीले स्थानीय सर्वसाधारणलाई जाने भएको हुनाले प्रक्रिया अघि बढायौँ । रसुवा जिल्ला समन्वय समितिमा सर्वपक्षीय छलफल गरेर पोहोर नै आईपीओ निकाल्ने भनेर निणर्य गरको थियांै । तर, कोरोना महामारीले रोकियो । लकडाउनपछि पनि हामीले जिल्लामा भन्यौं । यो चाँडै निकाल्नु प¥यो भन्दाखेरि उहाँहरूले लकडाउनले जनता समस्यामा रहेको बेला रकम निकाल्न नसक्ने भन्दै पछि सार्न आग्रह गरेँ । फेरि यो सर्वसाधारणलाई मात्रै बढी फोकस भएरभन्दा पनि रसुवाका स्थानीय निकायदेखि स्थानीय समुदाय पनि सरोकारमा रहेकाले हामी एक पक्षीयरुपमा पनि जान सक्ने अवस्था छैन ।
हामीलेभन्दा उहाँहरूले यो जाडो हेरम् जाडो पछि कोरोनाको प्रभाव कस्तो आउँछ, त्यसपछि गरौँला भनेका छन् । हाम्रो आयोजनामा यो गर्न नहुने किन गरेन भन्ने अवस्था आउँछ । सेयर निकाल्न यस्तो समयमा किन निकालिस् भनेर विवाद आउने सम्भावना छ । तर, सेयर निकाल्ने प्रयास जहिले पनि भैरहेको छ । त्यसकारण यो छिट्टै होला आशामा छु ।
यसो गर्दा त प्रक्रिया नै रोकिएर कम्पनीलाई बन्धक बनाउन खोजियो नि ?
एउटा हिस्सा पब्लिकमा जानुपर्ने गैसक्यो, अर्काे हिस्सा लामो समय बाँकी रहेको छ । कम्पनी नियमअनुसार सर्वसाधारणको प्रतिनिधित्व हुनुपर्नेमा पाएको छैन । हामीले बुझेका छौं ।
यो त पब्लिक कम्पनी भैसक्यो, अनि नियम अनुसार चल्नुपरेन त ?
कम्पनी ऐनबमोजिमअनुसार नै चल्ने हो । सर्वसाधारणको सबै हिस्सा बिक्री नभइकन जस्तै तामाकोशी र रसुवागढीलगायत अरु कम्पनीले पनि गरेका छैनन् । हामीले पनि त्यहीचाहिँ फ्लो गरिरहेका छौं । सबै भैसकेपछि यो सरकारी कम्पनी भएका हुनाले सबै पारदर्शी हुनेभएकाले त्यति धेरै समस्या नहोला ।

स्थानीयबासीलाई सेयर दिन ढिलाइ हुनुको कारण कोरोना नै हो ?
कोरोना नै हो । कोरोना समयमा नै पछिल्ला अवस्थामा आईपीओ निष्काशन गरेका पनि छन् । योचाहिँ स्थानीयको आईपीओ अलिकति बढी जोडिएको भएकाले सहमतिको वातावरणमा जानुपर्छ भन्ने हो । जिल्लाको समन्वय समितिसँग छलफल गरिरहेका छाँै ।
रसुवागढीको तुलनामा साञ्जेनको लागत महँगो भयो भन्छन् किन ?
त्यस्तो छैन । त्यो बुझाइमात्रै हो । सायद उस्तै–उस्तै हुनुपर्छ, मेरो विचारमा उनीहरूको लोन ठूलो छ । लोनले गर्दाखेरि ब्याज खर्च बढी आउँछ होला । हाम्रो लोन थोरै भएकाले कम छ । कोरोनाले आयोजना लम्बिएको हुनाले ब्याजले असर गर्ने हो । त्यसैले हाम्रो आयोजना रसुवागढीभन्दा फरक लाग्दैन ।
यही तालले बत्ति बल्न अझै धेरै समय लाग्ने भयो है ?
हाम्रो प्रयास सकेसम्म चाँडै निकाल्ने भन्ने हो । माथिल्लो साञ्जेन अघिल्लो आर्थिक वर्षमा नै निकाल्ने भनेर वार्षिक साधारणसभामा पनि कमिटमेण्ट गरेका थियौं । त्यहीबमोजिम काम पनि भैरहेको थियो । कोरोनाले गर्दा सामानआउन सक्ने अवस्था रहेन । अहिले पनि सामान कहिलेसम्म आइपुग्छन् भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन । सीमातिर अलिकति पोजेटिभ रेस्पोन्स गएजस्तो देखिन्छ, तर अब कहिलेसम्म आउँछ भनेर हामी पनि भन्न सक्ने अवस्था छैन । यो आयोजनाको मात्रै होइन सबै आयोजनाको समस्याहो जस्तो लाग्छ ।
बत्ति बलेपछिकति समयपछि डिभिडेण्ड दिने प्लान छ कम्पनीको ?
बत्ति बलेको एक वर्षमा नै लाभांश दिन सकिन्छ । त्यो आर्थिक वर्षको बीचबाटै सुरु भयो भने पनि केही प्रतिशत दिने क्षमता राख्छ । ऋण त कसरी तिर्ने भन्ने मिलाउन सकिन्छ । आर्थिक वर्षको दुइमहिना अघितिर बल्यो भने के डिभिडेण्ड देला । तर, आर्थिक वर्षको सुरुतिर बल्ने अवस्था
रह्यो भने डिभिडेण्ड अवश्य दिन्छ । इक्युटी पोर्सन ३ अर्ब ६५ करोड भयो । रेभिन्यू १ अर्ब ७५ करोडको आउँछ । ५० प्रतिशत लोनमा गएपनि डिभिडेण्ड त दिन सकिन्छ नि । समस्या छैन ।
पछिल्लो समयमा जलविद्युत्को सेयर मूल्य बढिरहेको छ कारण के हो ?
सेयर मूल्य त जलविद्युत् आयोजना कस्तो छ, यसले कस्तो रिटर्न दिन्छ भन्ने कुराको पाटो रह्यो । फाइनान्सियल पाटोले पनि होला जस्तो लाग्छ । पछिल्लो चरणमा सेयरमा लगानी गर्नका लागि फाइनान्सियल सुविधाहरू मौद्रिक नीतिले अलि खुकुलो ग¥यो, बैंकमा अलिकति लिक्वीटी बढी देखिन्छ त्यसले गर्दा बैंकमा जम्मा गर्नुभन्दा सेयरमा लगानीगर्न उपयुक्त हुन्छ । अर्काे कम्पनी
राम्रो नभई सेयर बढ्छ भन्ने हुँदैन । त्यसैले लरामो कम्पनी छान्न सक्नुपर्छ ।
सान्जेन कम्पनी राम्रो भएर नै सेयर मूल्य बढेको हो त ?
सान्जेन नराम्रो कहाँ छ र ? अहिले पनि एसिसमेण्ट हेर्दाखेरि प्रतिमेगावाट १८ करोडको हाराहारीमा एराउण्डमा आयोजना सम्पन्न हुन्छ । त्यसमा अलिकति फरक प¥यो भने ब्याजले फरक पर्छ । तर, अहिले त व्याजदर पनि घटेको । ब्याजबाहेक कुरा गर्ने हो भने प्रतिमेगावाट लागत
१५ करोड जतिमात्रै हो । यसमा २.३ करोड त समय लम्बिँदा ब्याजले नै बढेको हो ।
अझै लामो समय गयो भने लागत त झन् बढ्छ हैन ?
लगानी बढ्नेभन्दा पनि ब्याज बढ्ने हो । अरु त आत्मनिर्भर बन्दै जान्छ । निर्माण जति चाँडो सक्यो, त्यति नै फाइदा हुन्छ । व्याज तिर्न परेन र आम्दानी हुन थाल्छ ।