सेयर बजारमा रेकर्ड नै रेकर्ड, लगानीकर्ताको ध्यान बैंकिङ्गतिर, नेप्से ३ हजार अंक पुग्ने अनुमान « Arthapath.com
२६ माघ २०७७, सोमबार

सेयर बजारमा रेकर्ड नै रेकर्ड, लगानीकर्ताको ध्यान बैंकिङ्गतिर, नेप्से ३ हजार अंक पुग्ने अनुमान



काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा रेकर्ड नै रेकर्ड कायम भएको छ । सोमबार सेयर कारोवारमा पनि उल्लेख्य र सर्वाधिक अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।

अहिले लगानीको अरु क्षेत्र नहुँदा सेयर बजारमा बैंकहरुले मार्जिन कर्जा दिइरहेका बेला सेयर बजार पनि बढिरहेको छ । सोमबार नेप्से ३७ अंकले बढेको छ । २०६ कम्पनीको २ करोड कित्ता सेयर किनबेच भएका छन् । कारोवारको सुरुवातमा २५६३ अंकमा पुगेको नेप्से फेरी घटेर करेक्सन भएको थियो । दिउसो विस्तार नेप्से बढेर २५६१.६ अंकमा रोकिएको छ ।

सोमबार कारोवारमा पनि रेकर्ड कायम भएको छ । १० अर्ब ६१ करोड ९१ लाखको कारोवार भयो । जवकी आइतबार आइतबार १० अर्ब ४४ करोडको सेयर किनबेच भएको थियो । सोमबारको बजारलाई बैंक वित्तिय संस्थाले साथ दिएको थियो । बैंक वित्तिय संस्थाको सेयर बढ्न सुरु गरेकाले बजार अझै माथि उठ्ने विष्लेषण गर्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्