राजनीतिक खिचातानीले नेप्सेमा प्रभाव, १८.४९ अंकले घट्दा ६ अर्ब १४ करोड रुपैयाँको कारोबार « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

राजनीतिक खिचातानीले नेप्सेमा प्रभाव, १८.४९ अंकले घट्दा ६ अर्ब १४ करोड रुपैयाँको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.४९ अंकले घटेर २६१८.६३ अंकमा बन्द भएको छ । सत्ता परिवर्तनको हल्लाले नेप्सेमा प्रभाव पारेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न लगाइएको निषेधाको प्रभाव पनि नेप्सेमा परेको छ । सत्ता परिवर्तनका लागि राजनीतिक खिचातानी बढेसँगै नेप्से घटेको सेयर विज्ञहरु बताउँछन् ।

आईतबार २१९ कम्पनीको १ करोड २७ लाख २८ हजार १ सय २५ कित्ता शेयर ७५ हजार ४६ कित्ता पटक किनबेच हुँदा ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आईतबार एनसीसी बैंकको सर्वाधिक २८ करोड ८६ लाख ५२ हजार ३ सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, कुमारी बैंक लिमिटेडको ८ लाख ७२ हजार २ सय १४ कित्ताको खरिदविक्री हुँदा २८ करोड ३४ लाख ८४ हजार ५ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि २ कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ । समता लघुवित्त र रु रु हाइड्रो पावरको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेका छन् । आइतबार लघुवित्त समूहको परिसूचक सर्वाधिक १.७८ प्रतिशतले घटेको छ भने व्यापार समूहको परिसूचक १.५९ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन समूहको परिसूचक १.४४ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्