एक घण्टामै १० प्रतिशत बढ्यो तीन कम्पनीको शेयर मूल्य « Arthapath.com
१० श्रावण २०७८, आईतवार

एक घण्टामै १० प्रतिशत बढ्यो तीन कम्पनीको शेयर मूल्य



काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर मूल्य पहिलो घण्टाको ब्यापारमै १० प्रतिशत बढिसकेका छन् । विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र ङादी ग्रुप पावरको शेयर मूल्यमा आइतबारको ब्यापार खुलेलगत्तै सर्किट लागेको हो ।

आइतवार नेप्से एक घण्टाको ब्यापारमै करीब ३१ अंक बढेर ३ हजार ३५ अंकमा पुगेको छ । यसबीच सुरुआति कारोबारमा उकालो लागेर त्यसपछि करेक्सन हुन खोजे पनि बजारमा शेयरको माग ह्वात्तै बढेको देखिन्छ । यसले शेयर बजारलाई अर्को नयाँ उचाइतिर उचाल्ने संभावना देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्