१ अर्वको मेगा म्युचुअल फण्ड–१ ले पायो निष्कासन अनुमती « Arthapath.com
२३ असार २०८२, सोमबार

१ अर्वको मेगा म्युचुअल फण्ड–१ ले पायो निष्कासन अनुमती



काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को ले निष्काशन स्वीकृती पाएको छ । मेगा बैंकको सहायक कम्पनी मेगा क्यापिटलले १ अर्वको फण्ड निस्काशन गर्न लागेको हो ।

प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० दस करोड इकाई मध्ये न्यूनतम १ करोड पचास लाख फण्ड मेगा बैंक को फण्ड निस्कासन गर्न लागेको हो । कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ आठ करोड पचास लाख इकाई सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट हिजो विहीबार स्वीकृत पाएको छ ।

यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले आफ्नो सी–आश्वा (C-ASBA) खाता रहेको बैंक ताथ वित्तीय संस्था वा मेरो शेयरमा लग इन गरी अनलाईन मार्फत समेत आवेदन गर्न सकिने छ । योजनाको बिक्री खुल्ला तथा बन्द मिति साथै अन्य विस्तृत विवरण सहितको आव्हान पत्र राष्ट्रिय दैनिक पत्रिकामा शिघ्र प्रकाशित हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्