म्युचुअल फन्डले मार्केट बुलिश भएको बेलामा मात्रै रिटर्न राम्रो दिन्छ भन्ने हुँदैन « Arthapath.com
१८ भाद्र २०७८, शुक्रबार

म्युचुअल फन्डले मार्केट बुलिश भएको बेलामा मात्रै रिटर्न राम्रो दिन्छ भन्ने हुँदैन



एनएमबिले निष्कासन गरेको सुलभ फन्डले २३ प्रतिशतसम्म रिटर्न दिएको छ ।
‘एनएमबी सरल बचत फन्ड–ई’ पहिलो वा दोस्रो दिनमै सस्क्राइब हुन्छ । 


कमलप्रसाद नेपालकामु सीईओएनएमबि क्यापिटल लि.

एनएमबि क्यापिटलमा ११ वर्ष बिताएका कमल नेपाल हालै कामु सीईओ बनेका छन् । नेपाल ग्रामीण विकास लघुवित्तबाट आफ्नो क्यारियर सुरु गरेका नेपालले अल्पाइन डेभलपमेन्ट बैङ्क र गरिमा विकास बैंकमासमेत काम गरेका छन् । ११ वर्ष  एनएमबि क्यापिटलको सेकेण्डम्यान रहेर काम गरेका नेपाल भलाद्मी स्वभावका कर्मचारी हुन । एनएमबी क्यापिटलले खुला मुखी ‘एनएमबी सरल बचत फन्ड–ई’ बिहीबारदेखि निष्कासन गरेको छ । प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको फन्ड निष्कासन गरेको क्यापिटलले राम्रो डिभिडेण्ट दिने प्लान गरेको छ । एनएमबीले निष्कासन गरेको ३ ओटा फन्डले एकदमै राम्रो रिटर्न दिएकाले यस फन्डले राम्रो रिटर्न दिने नेपाल बताउँछन् । उनै नेपालसँग अर्थपथडटकमले गरेको कुराकानीको सारसंक्षेप ः–

एनएमबि सरल बचत फन्ड–ई’ कस्तो खालको फन्ड हो ? 
यो अाेेेेपन म्युचुअल फन्ड हो । विगतमा हामीले ३ वटा म्युचुअल फन्ड निष्कासन गरेका छौँ । हामीले सुरुमा निष्कासन गरेको  फन्ड म्याच्योड भइसकेको छ । त्यसपछि हामीले हाइब्रिड फन्ड लिएर आयौँ । त्यो इक्वीटी बेसमा आधारित फन्ड हो । जोखिम कम र फिक्स रिटर्न चाहने लगानीकर्ताको लागि फन्ड आएका थियो । त्यसपछि हामीले एनएमबी फिप्टी ल्याएका थियौँ । एनएमबि फिप्टी भनेको मार्केटमा स्पेसल किसिमको फन्ड ल्याएर आयौँ ।

मार्केटमा उपलब्ध भएका स्टक कम्पनीहरूमा टप लिस्टमा परेका कम्पनीको पर्फमेन्सको आधारमा सेलेक्ट गरेका ५० भन्दा स्किममा आधारित भएर आएका हौँ । हामीले चौथौँ फन्डका रूपमा ओपन इण्ड फन्ड लिएर आउँछौ भनेका थियौ । यो फन्ड ल्याउने बेलामा हामीलाई समय लाग्यो । मार्केटमा पूर्वाधार, सफ्टवेयरका कुराहरूमा बुझ्न पनि टाइम लाग्यो । लास्ट समय लकडाउनका कारण केही ढिला हुन गएको हो । चौथोमा हामीले एनएमबि सरल बचत–ई अाेपन म्युचुअल फन्ड लिएर आएका हौँ । यसको १ अर्ब रुपैयाँको साइज हो । 

अहिले आउन लागेको फन्डको रेस्पोन्स कस्तो छ ?

एनएमबिले यसअघि जारी गरेका फन्डको रेस्पोन्स एकदमै राम्रो छ । एनएमबि सुलभ हामीले जुन ५ वर्षमा म्याच्योड भयो । त्यसमा २० प्रतिशत भन्दा कम रिटर्न दिएका छैनौँ । एनएमबीले निष्कासन गरेको सुलभ फन्डले २०, २१, २३ गरी ८७ प्रतिशतसम्म रिटर्न दिएका थियौं । त्यतिखेरको मार्केट हेर्ने हो भने त त्यतिसम्म पनि थिएन । १७–१८ सय पुगेको नेप्से पछि घटेर ११ सयसम्म आएको बेलाको रिटर्न हो । फन्ड ल्याउने बेलामा नेप्से साँढे १७ सयमा थियो, मार्केटमा हाइब्रिड ल्याउँदा अहिले आएर बल्ल बुसिल गर्दा भएको हो । नत्र त हाम्रो बेरियस बजारमा नै चलिरहेको थियो । त्यही पनि हामीले सुरुमा ८, १० र अहिले हामी २० प्रतिशत दिइरहेका छौँ । अनि एनएमबि फिप्टी बल्ल २ वर्षमा पुगेको छ । तर पनि ३० प्रतिशत रिटर्न दिइरहेका छौँ । म्युचुअल फन्डले मार्केट बुलिश भएको बेला मात्रै रिटर्न राम्रो दिने भन्ने कुरा हुँदैन । मार्केटमा अपरच्यूनिटी भनेको बेरियस भएको बेला पनि हुन्छ । बुलिसमा मात्रै रिटर्न राम्रो दिने र घटेको बेला कम दिने भन्ने हुँदैन । हाम्रो शुरुदेखि नै एनएमबि क्यापिटलको पोलिसि इन्भेष्टरको क्यापिटललाई प्रोजेक्ट गरेर रिटर्नलाई प्राथमिकता दिने हो । विगत ७ वर्षको अवधिमा हेर्ने हो भने ५ अर्बको फन्ड हामीले सञ्चालन गरिसकेका छौँ ।

हामीले सञ्चालन गरेको सबै फन्डले रिटर्न दिन सकेको छ । त्यो हेर्दा अहिले ल्याउन लागेको फन्ड ७ वर्षको अवधिमा सञ्चालनमा ल्याएको फन्डको पर्फमेन्सको हिसाबले यो फन्डलाई पनि त्यही किसिमले पर्फमेन्स गर्न सक्छौ । मार्केट रेस्पोन्स पनि राम्रो छ । साना लगानीकर्ताको लागि पनि यति सजिलो छ की २–३ वटा फिचर रहेका छन् । एउटा भनेको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान । त्यो भनेको कुनै पनि लगानीकर्ताले भविष्यको प्लानलाई हेरेर मासिक रूपमा वा आफ्नो बालबच्चाको शैक्षिक, सामाजिक कार्य आवश्यकता पुरा गर्नको लागि । अर्को भनेको डिभिडेण्ड इन्भेष्टर प्लान । फन्डले जति पनि प्रतिफल इन्भेष्टरलाई वितरण गर्छ, त्यो रकमलार्ई पनि लगानीकर्ताले यसमा इन्भेष्ट गर्न सक्नुहुन्छ । अर्को जो ओपनिङ फन्डमा नेप्सेको साइटमा गएर दैनिक मार्केटमा ट्रेड भएजस्तो यो हुँदैन । हामीले तोकेका ब्रान्चहरूबाट खरिद विक्री हुन्छ । यसको खरिद विक्रीको लागी कुनै पनि कष्ट लाग्दैन । 

एनएमबी सरल बचत फन्ड–ई’ फन्डले कतिसम्म रिटर्न दिन सक्छ ? 

मार्केटमा यो हुन सक्छ भनेर एउटा प्रक्षेपण गर्ने कुरा हो । जबसम्म फन्ड लन्च हुँदैन त्यतिसम्म हामीले विगतको अनुभव हेरेर, पर्फमेन्स हेरेर त्यसमा दिएको रिटर्नलाई हेरेर मार्केटलाई हेरेर प्रक्षेपण गर्ने हो । यो सरल बचत फन्डको पहिलो वर्ष इन्भेष्ट नै हुन्छ । ३ महिनासम्म लगानीको समय हुन्छ । पहिलो वर्ष हामीले रिटर्नको कुनै प्लान गरेका छैनौ । मिनिमम १५ प्रतिशत रिटर्न दिन सक्ने योजना रहेको छ । अब पछिल्लो समय मार्केट बुलिस हुँदा अधिकांश म्युचुअल फन्डहरूले बढाएरै रिटर्न दिइरहेका छन् ।

सेयर मार्केटले गर्दा केही फरक पर्छ नै तर हामी १५ प्रतिशतलाई आधार मानेर डिभिडेण्ड दिन्छौँ । सुरुको वर्षमा १५ प्रतिशत र पछि त्योभन्दा बढी दिने भन्ने हिसाबले अगाडी बढेका छौँ । 

अब सेयर मार्केटमा बुलिस ट्रेन्ड सकिएको हो ? 

बुलिश ट्रेन्ड सकिएको भन्न सकिँदैन । किनकि मार्केटमा १८ सय पुगेका बेला एक्कासि तल झर्दा पनि माथि नै पुग्छ भन्ने सोच थियो । पछिल्लो ५–७ महिनाको अवधि हेर्दा ३२ सयको लेभलमा मार्केट पुगेको छ । कुनै बेला डाउन पनि हुनसक्छ । कुन लेभलसम्म पुग्ने भन्ने हुन्छ । मार्केटमा इन्भेष्टर र फन्ड म्यानेजरको लागि जुनसुकै अवस्थामा पनि बुलिस वा वेरियसमा होस लगानीको अपच्यूनीट हरेक बेला हुन्छ । एउटा सफल फन्ड म्यानेजर भनेको त्यो हो जसले मार्केट बुलिश भएको बेलामा नभएर घटिरहेको मार्केटको बेलामा पनि आफ्नो फन्डलाई राम्रो सँग पर्फमेन्स गराएर रिटर्न दिन सक्छ । 

सेयर बजार बढेको बेलामा आइपिओ सेयर महगोमा बेचेर नाफा बढाई रहेको छ, मार्केट घटेको बेलामा कसरी म्यानेज गर्ने ? 

घटिरहेको बेला फन्डलाई कसरी म्यानेज गर्ने, लगानीकर्तालाई दिने रिटर्नलाई कसरी म्यानेज गर्ने अवसरहरू धेरै हुन्छन् । बुलिसमा मात्रै होइन अहिले पनि कति स्टकको भ्याल्यू अन्डर नै छ । कति कम्पनीको ओभर भ्याल्यू छ । कम्पनीको रिटर्नको हिसाबले कम हुन सक्ला तर मार्केट प्राइस हेर्‍यो भने कहाँ पुगेको देखिन्छ । अवसर त जहाँ जुन कम्पनीको सेयर प्राइस बढ्नुपर्ने नबढेको होला, कसैको ओभर होला । त्यसलाई अवसरका रूपमा लिने हो । मार्केट डाउन भएको बेला लगानीकर्ताको रिटर्नका फरक त पर्ला तर हामी म्यानेज गरेर रिटर्नलाई सस्टेन राख्ने तरिकाले योजना बनाएका छौँ । 

म्युचुअल फण्डले एउटै ब्रोकरबाट कारोबार गरेका हुनाले इन्साइडर ट्रेडिङ भएको भन्ने छ, हरेक फन्डको फरक–फरक  ब्रोकरबाट कारोबार गर्न मिल्दैन ? 

हाम्रो ३ वटा फन्ड चलिरहेको छ । हामी एउटा मात्रै ब्रोकरबाट कारोबार गर्दैनौँ । हामीसँग ८–९ वटा ब्रोकरहरू छन् । हरेकबाट किनबेच गर्ने गरेका छौँ । अहिले नेप्सेको सिस्टममा एउटा मात्रै ब्रोकर भन्ने कुरा आएको छ । त्यसले गर्दा फरक पर्छ । हामीले बाइसेल गर्दा एउटा मात्रै ब्रोकर प्रयोग गरेका थिएनौं, फरक फरक ब्रोकरबाट काम गर्ने गरेका छौँ । 

बैङ्कहरूले ब्रोकर लाइसेन्स दिने चर्चा छ, क्यापिटललाई किन नदिने ? 
हामीले पनि ब्रोकर लाइसेन्सको लागि प्रयास गरिरहेका छौँ । क्यापिटल आफैले पनि गर्न सक्छ । क्यापिटल आफैले गर्दा फन्ड पनि चलाउने लगायतका कुराले कन्फ्लिट अफ इन्टेष्ट हुन्छ जस्तो लाग्छ । अब मार्केटमा जति प्रतिस्पर्धा भयो त्यति नै लगानीकर्ताको लागी पनि राम्रो हुन्छ । प्रतिस्पर्धाले पनि प्राइजलाई साइजमा ल्याउँछ । 

मर्चेण्ट बैंकर्सले थप के–के काम गर्न खोजेको हो ? 

पछिल्लो समय धितोपत्र बोर्डबाट दुई किसिमको काम भइरहेको छ । एउटा बुक बिल्डिङमार्फत पनि आइपिओ जारी गर्ने । त्यसको लागि लाइसेन्स दिइसकेका छौँ । अर्को २ वटा म्युचुअल फन्डको लिइसकेका छौँ । अर्को सिष्टमेटिक फन्ड (स्थिर लगानी कोष) मा प्राइभेट इक्वीटि भेञ्चर क्यापिटलले गर्ने हो । नेपालमा भेञ्चर क्यापिटलको लागी छैन । प्राइभेट र भेञ्चर ईक्विटी क्यापिटलको लागि लाइसेन्सको प्रक्रियामा नै छौँ । त्यसको लाइसेन्सको लागि हामीले अप्लाइ गरिसकेका छौँ । सबै कामको लागी पूर्वाधार, रिसोर्स, मार्केटमा पुर्याउनुपर्यो । त्यसले मर्चेण्ट बैंकर्सहरुको काम गर्ने क्षेत्रलाई फराकिलो पक्कै पनि बनाउँछ । 

एनएमबि सरल बचत फन्ड चार दिनमा नै सबे बिक्छ ? 

टेलिफोन, कुराकानीबाट हेर्दा खेरि पहिलो वा दोस्रो दिन मानै सस्क्राइब हुन्छ । 


प्रतिक्रिया दिनुहोस्