‘एनएमबि सरल बचत फण्ड-ई’ को इकाई बाँडफाँड, कसले कति पाए ? « Arthapath.com
६ आश्विन २०७८, बुधबार

‘एनएमबि सरल बचत फण्ड-ई’ को इकाई बाँडफाँड, कसले कति पाए ?



काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ को इकाई बाडफाँड गरिएको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड भदौ १७ गते भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त फण्ड आज बाँडफाँड गरिएको हो ।

क्यापिटका अनुसार ९२ हजार ५९४ जना इकाईधनीहरुले ५ करोड ७४ लाख २३ हजार २९० इकाईका लागि आवेदन दिएका थिए । जसमा ९१ हजार ७१७ जना इकाईधनीलाई १ सयदेखि ९ हजार इकाईका दरले बाँडफाँड गरिएको छ । त्यस्तै, बाँकी ८७७ जनाले ९ हजार ५ सयदेखि ३० लाख इकाईसम्म माग गरेर आवेदन दिएका थिए । उनीहरुलाई समान ९ हजार ४९० इकाइका दरले बाँडफाँड गरिएको छ । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ७ हजार ९० इकाईलाई भने तिनै ८७७ जनामध्ये ७०९ जनालाई १० कित्ताका दरले थप इकाइ दिइएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको थियो । कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको थियो ।


प्रतिक्रिया दिनुहोस्