१२ कम्पनीले साधारण सभा बोलाउँदा हिमालयनले लाभांश नदिने, सेञ्चुरीले सबैभन्दा थोरै दिँदा प्रभुले बोनस पनि दिने « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

१२ कम्पनीले साधारण सभा बोलाउँदा हिमालयनले लाभांश नदिने, सेञ्चुरीले सबैभन्दा थोरै दिँदा प्रभुले बोनस पनि दिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३० वटा मर्चेण्ट दर्ता छन् । जसमध्ये हालसम्म १२ कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । आफ्नो वार्षिक साधारण सभाले विभिन्न मर्चेण्ट बैंकरले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यी विभिन्न कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने भएका हुन् । केही कम्पनीले वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेको छन् । उक्त कम्पनीको साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

हालसम्म विभिन्न १२ क्यापिटलले गत आर्थिक बर्षमा नाफाबाट लाभांश वितरण गर्ने र उक्त लाभांश पारित गर्न वार्षिक साधारण सभा पनि बोलाएका हुन् । सबैभन्दा धेरै लाभांश एनआईसी एशिया क्यापिटलले दिने भएको छ । त्यस्तै, प्रभु क्यापितलले १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य कुनैपनि कम्पनीले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छैन भने प्रभु क्यापिटलले भने बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

यता हिमालयन क्यापिटलले लाभांश नदिने भएको हो । उसले अन्य कुनै मर्चेण्ट बैंकिङ्ग संस्थासँग मर्जर प्रक्रिया सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

१. एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटल लिमिटेडको आफ्नो ५ औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । क्यापिटलको सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

२. सिद्धार्थ क्यापिटल

सिद्धार्थ क्यापिटलको भदौ १७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले १० औँ वार्षिक साधारण सभा असोज १८ गते, सोमबार सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा साँझ ४ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ८ करोड रुपैयाँ (करसहित) करसहित नगद लाभांश पारित गर्नेछ ।

३. बिओके क्यापिटल

बिओके क्यापिटल लिमिटेडको भदौ २४ गते, बसेको सञ्चालक समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २० गते कम्पनीको कार्यलय नक्साल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

४. सेञ्चुरी क्यापिटल

सेञ्चुरी क्यापिटल लिमिटेडको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २४ गते, आइतबार आर्यतारा भवन, कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको ६.२५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ ।

५. लक्ष्मी क्यापिटल

लक्ष्मी क्यापिटल मार्केटको असोज १ गते बसेको ससञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापीटलको वार्षिक साधारण सभा असोज २४ गते लक्ष्मी बैंक हात्तिसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

६. मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न भईसकेको छ । क्यापिटलको साभाले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

७. एनआईबिएल एस क्यापिटल

एनआईबीएल एस क्यापिटलको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको ९ औँ वार्षिक साधारण सभा असोज १५ गते एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता चुक्ता पूँजीको २६ प्रतिशत अर्थात ७ करोड २ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

८. सानिमा क्यापिटल

सानिमा क्यापिटलको भदौ २३ गते बसेको सञ्चाल समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको वार्षिक सधारण सभा असोज १५ गते सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौमा दिउसो १ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

९. नेपाल बङ्गलादेश क्यापिटल

नेपाल बङ्गलादेश क्यापिटलको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको तेस्रो वार्षिक साधारण सभा इन्द्रेणी फुडल्याण्ड बानेश्वर काठमाडौंमा अपरान्ह ४ः१५ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत अर्थात ३ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

१०. कुमारी क्यापिटल

कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते सम्पन्न भईसकेको छ । क्यापिटलको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात १ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

११. प्रभु क्यापिटल

प्रभु क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ । क्यापिटलको सभाले आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट कर सहित १७.६१ प्रतिशत नगद लाभांश र कम्पनीको चुक्ता पूँजीको २२.३८८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

१२. हिमालयन क्यापिटल

हिमालयन क्यापिटलको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा बोलाएको थियो । क्यापिटलको वार्षिक साधारण सभा भदौ २५ गते हिमालयन क्यापिटल रजिष्र्टड कार्यालय काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । तर उक्त क्यापिटलले लाभांश भने वितरण गरेको थिएन ।

धितोपत्र बोर्डमा दर्ता भएका कम्पनी

१ आकाश क्यापिटल
२ एआरकेएस क्यापिटल एडभाइजर
३ बिओके क्यापिटल
४ सीबिआइएल क्यापिटल
५ सेञ्चुरी क्यापिटल
६ सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट
७ सिभिल क्यापिटल
८ ग्लोबल आइएमई क्यापिटल
९ हिमालयन क्यापिटल
१० केसीएल एक्च्यूट क्यापिटल
११ कुमारी क्यापिटल
१२ लक्ष्मी क्यापिटल
१३ माछापुच्छ्रे कृति क्यापिटल
१४ मेगा क्यापिटल
१५ मुक्तिनाथ क्यापिटल
१६ नबिल इन्भेष्टमेन्ट बैंकिङ
१७ नेशनल मर्चेण्ट बैंकर
१८ नेपाल बङ्गलादेश क्यापिटल
१९ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ
२० एनआइबिएल एस क्यापिटल
२१ एनआईसी एशिया क्यापिटल
२२ एनएमबि क्यापिटल
२३ प्रभु क्यापिटल
२४ प्रोभिडेण्ट मर्चेण्ट बैंकिङ
२५ आरबिबि मर्चेण्ट बैंकिङ
२६ सम्पन्न एण्ड एडभाइज नेपाल
२७ सानिमा क्यापिटल
२८ सिद्धार्थ क्यापिटल
२९ सनराइज क्यापिटल
३० वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेण्ट बैंकिङ


प्रतिक्रिया दिनुहोस्