एशियन लाईफको शेयर स्वामित्व परिमार्जन, परिवर्तन गर्न नचाहनेले ७ दिनभित्र लिखित जानकारी दिन आग्रह

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कमपनीको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण शेयर समूहको शेयर संचनालाई परिमार्जन गरेको हो ।
कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको ७०ः३० को शेयर अनुपातलाई ६० प्रतिशत संस्थापक समूह र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न बीमा समितिको स्वीकृति पश्चात परिमार्जन भएको जनाएको छ । जस अनुसार कम्पनीले संस्थापक समूहको शेयर स्वामित्व १० प्रतिशत घटाएको हो ।
उक्त शेयर परिमार्जन कम्पनीको १२ औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । अब कम्पनीको शयेर स्वामितवमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।
साथै कम्पनीको शेयर परिवर्तन गर्न नचाहने शेयरधनीहरुले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन पनि अनुरोध गरेको छ ।
