वोमी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौ । वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
हिजो बिहिबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउँनेछन् ।
वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त मर्जर भइ एकीकृत कारोबार सुरु भइसकेकाले बोनसमा कर नलाग्ने लघुवित्तले जनाएको छ । ४० प्रतिशत बोनश शेयर वितरण गरेपछि बैंकको चुक्ता पुजी ४९ करोड ४३ लाख ३३ हजार पुग्नेछ ।
