मंगलबार कुन -कुन कम्पनिका लगानीकर्ताले कमाए ?

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार १.६४ अङ्कले घटेको बजारमा ५० कम्पनिका लगानीकर्ताले कमाएका छन् । यस दिन सामाङलिङ पावर कम्पनी, न्यादी हाईड्रोपारका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनिका लगानीकर्ताले क्रमशः ९.९९ र ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज तेह्रथुम पावर कम्पनी, युनाईटेड मार्दी हाईड्रोपारका लगानिकताले क्रमशः ७.०८ र ६.४९ प्रतिशतले बढेको हो ।आईसियफसि फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, समिट लघुवित्त, मानुषी लघुवित्त, महालक्ष्मी विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् ।
यस दिन सबैभन्दा बढी ईनफिनिटि लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडका लगानीकर्ताले क्रमशः ४.७७ र २.८६ प्रतिशतका दरले गुमाएका छन् ।