महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ लघुवित्तले मंसिर १६ गते बुक क्लोज निर्णय गरेको छ । त्यसैले, आज (मंसिर १५ गते) सम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता र ५० प्रतिशत लाभांश पाउनेछन् ।

महिला लघुवित्त वित्तीय संस्थाको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले मंसिर २२ गते चौथौ साधारण सभा बोलाएको छ । लघुवित्तको साधारण सभा हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन गरी नियुक्ति गर्ने छ ।

त्यस्तै, सभाले अन्य कुनै लघुवित्तसँग गाभ्ने–गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।


प्रतिक्रिया दिनुहोस्