विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । विभिन्न ३ वटा कमपनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एभरेष्ट बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर १७ गते शुक्रबार बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज (मंसिर १६ गते) सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै यी ३ कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एभरेष्ट बैंक लिमिटेडले पौष १ गते केन्द्रिय कार्यालय, लाजिम्पाटमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा बिहान १० बजे शुरु हुनेछ । सभामा जुममार्फत सहभागी हुने शेयरधनीहरुलाई मिटिङ्ग आइडि र पासवर्डको व्यवस्था गरिएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर २९ गते महाराजा रिसोर्ट बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्तले पौष ३ गते शनिबार, बन्दिपुर माउन्टेन रिसोर्ट, बन्दिपुरमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभा बिहान ११ बजे शुरु हुनेछ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्