आजसम्म शेयरधनी बन्नेले स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश पाउने « Arthapath.com
५ पुष २०७८, सोमबार

आजसम्म शेयरधनी बन्नेले स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश पाउने



काठमाडौं । आजसम्म नेप्सेमा शेयर किन्नेहरुले स्वावलम्बन लघुवित्तको लाभांश पाउनेछन् । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

्लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलवार बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष ५ गते सोमवार) सम्म नेप्सेमा कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

लघुवित्तको वार्षिक साधारण सभा पौष १५ गते बिहान ११ बजे एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा बोलाएको छ । लघुवित्तको सभले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्