श्रृजनशील लघुवित्तले आईपीओ जारी गर्ने « Arthapath.com
८ पुष २०७८, बिहीबार

श्रृजनशील लघुवित्तले आईपीओ जारी गर्ने



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । लघसवित्तले ३ करोड ३७ लाख २ हजार ५ रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्कासन गर्नको लागि सनराईज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले आईपीओ जारी गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लघुवित्त नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त संस्था हो । लघुवित्तको रजिष्ट्रड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्