साताको अन्तिम दिन ४३ अंक्ले बढ्यो नेप्से, परिसुचक २७ सय नजिक पुग्यो « Arthapath.com
२२ पुष २०७८, बिहीबार

साताको अन्तिम दिन ४३ अंक्ले बढ्यो नेप्से, परिसुचक २७ सय नजिक पुग्यो



काठमाडौ । साताको अन्तिम दिन विहिबार नेप्से ४३ अंकले बढेको छ । यस दिन बजार ४३.२९ अंकले बढेर नेपसे परिसुचक २६९२.४७ अंकमा पुगेर बजार बन्द भएको छ ।

हिजो बुधबार ३० अंकले ओरालो लागेको शेयर बजार यस दिन ४३ अंकले बढेको छ । यस दिन व्यापार र उत्पादन बाहेक सबै समुह समुहमा हरियाली छाएको छ ।

विहिबार दिनभर २ सय ३८ कम्पनिको ७ करोड ३३ लाख ६ हजार ३ सय ३४ कित्ता शेयर ४८ हजार १ सय ६१ पटक किनबेच हुदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि निर्जिवन विमा समुहका लागानिकर्ताले कमाएका छन् । यस समुह २४३.९३ अंकले उकालो लागेको छ । जिवन विमा समुह ११४.५४, होटल एण्ड टुरीजम १०७.४७,बैकिङ्ग ३५, विकास बैंक ८८, हाईड्रोपावर ७२.२, फाइनान्स २७, अन्य २०, माईक्रोफाइनान्स ५३.०८, इन्भेष्टमेन्ट १ अंकले आरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्