विजय लघुवित्त सहित ३ लघुवित्तको साधारण सभा शनिबार , प्रस्तावित लाभांश पारीत गर्ने « Arthapath.com
२३ पुष २०७८, शुक्रबार

विजय लघुवित्त सहित ३ लघुवित्तको साधारण सभा शनिबार , प्रस्तावित लाभांश पारीत गर्ने



काठमाडौं । ३ कम्पनकिो साधारण सभा भोली शनिबार हुदै छ । भोली शनिबार २४ गते ३ लघुवित्त कम्पनिले साधारण सभा गर्ने छन् । महुली लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र समीट लघु्वित्त वित्तीय संस्थाले भोली साधारण सभा गर्ने छन् ।

विजय लघुवित्त वित्तीय संस्था
लघुवित्तको ९ औं वार्षिक साधारण सभा गैडाकोट रिसोर्ट, गैडाकोट ५ नवलपारासी मा बिहान ११ः३० बजे शुरु हुने छ । सभाले २०.०३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गरेको थियो । तसर्थ पुस ११ गतेसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

महुली लघुवित्त वित्तीय संस्था

लघुवित्तले भोली शनिबार केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेबाट साधारण सभा गर्ने छ । सभाले गत आर्थिक वर्षको मुनाफाबा शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २६ प्रतिशत लाभांश पारीत गर्ने छ । त्यस्तै गरी एफपीओ निष्कासन गर्ने प्रस्तावलाई समेत साधारण सभाले पारीत गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १२ गते बुक क्लोज गरेको छ । तसर्थ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।


समीट लघुवित्त वित्तीय संस्था

लघुवित्तको भोली शनीबार १३औं वार्षिक साधारण सभा आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी ब्यालेस आँबुखैरेनी ३ तनहुँमा बिहान १० बजबाटे शुरु गर्ने छ । साधारण सभाले सभाले २५.२८५३१६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्युसैगरी सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ पुस १४ गतेसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्