धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले दिए आवेदन, को-को हुन् ? « Arthapath.com
३० पुष २०७८, शुक्रबार

धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले दिए आवेदन, को-को हुन् ?



काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्डका लागि सिताराम थपलिया, निरज गिरी, डा. नवराज अधिकारी, चिरन्जीवी चापागाई, डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश कुमार हमाल, डा. जीवन अमगाई, अनिल पौडेल, अम्बिका शर्मा लामिछाने, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, हेमन्त बस्याल, रमेश घिमिरे र कृष्ण आचार्यले आवेदन दिएको जनाएको छ ।

यसअघि खुल्ला गरिएको विज्ञापनमा १२ जनाले अध्यक्षका लागि आवेदन दिएका थिए । अध्यक्ष छनोट गर्न गठन गरेको छनोट समितिमा कानूनी रूपमा बाधा देखिएपछि अर्थ मन्त्रालयको छनोट तथा सिफारिस समितिले पुनः दरखास्त आह्वान गरेको हो ।

आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशन निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई रहेका छन् ।

यता मुक्ति अर्याल, खगेन्द्र कटुवाल, डा. केशव प्रसाद श्रेष्ठ, रमेश अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, अनिलराज पौडेल, रमेशकुमार हमाल, डा. जीवन अमगाई र हेमन्त बस्यालले पनि बोर्डको अध्यक्ष बन्न आवेदन दिएका छन् ।

जसमध्ये खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेलले पहिलोपटक आवेदन दिएका हुन भने अन्य आवेदकले यसअघि पनि आवेदन दिईसकेका थिए । अध्यक्ष पद सिफारिस समितिले दोस्रो पटक आह्वान गरेको सूचनापछि १५ जनाको आवेदन परेको हो । अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो ।

पहिलो सिफारिस समितिको गठन प्रक्रियामै प्रश्न उठेपछि सरकारले दोस्रो पटक समिति गठन गरेको थियो । नेपाल सरकारद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्ष पदका लागि १५ दिन अघि सूचना जारी गरेको थियो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र वित्त सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

समितिले आवेदन दिएका मध्ये कम्तिमा ३ जना आवेदकको नाम सिफारिस गर्ने छ । मन्त्रिपरिषदको बैठकले छानिएका आवेदकमध्ये एक जनालाई नियुक्त गर्ने प्रकृया रहेको छ ।

सेबोनमा अध्यक्ष पदका लागि आवेदन दिनेहरूको सूची

१. डा. गोपालप्रसाद भट्ट

२. खगेन्द्र कटुवाल

३. मुक्ति अर्याल

४. रमेश घिमिरे

५. चिरन्जिवी चापागाईं

६. डा नवराज अधिकारी

७. अम्बिका शर्मा लामिछाने

८. कृष्णराज पोखरेल

९. डा जीवन अंगाई

१०. रमेशकुमार हमाल

११. सिताराम थपलिया

१२. डा. केशवप्रसाद श्रेष्ठ

१३. अनिलराज पौडेल

१४. निरज गिरी

१५. हेमन्त बस्याल


प्रतिक्रिया दिनुहोस्