जनउत्थान सामुदायिक लघुवित्तको २६ प्रतिशत लाभांश पारीत, अधिकृत पूँजी ५० करोड पुर्याउने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा लघुवित्तको ११ औं साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारीत गरेको छ । सभाले हाल कायम चुक्ता पुजी ११ करोड ८३ लाख २४ हजार ८ सय रुपैयाँको २५ प्रतिशत बोनश शेयर बराबर २ करोड ९५ लाख ८१ हजार २ सय र कर प्रयोजनको लागि १.३१५७ प्रतिशतले हुन आउने रकम रु.१५ लाख ५६ हजार ९ सय ६ रुपैया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

त्यसैगरी सभाले अधिकृत पूँजी १५ करोडबाट बृद्धि गरी ५० करोड पुर्याउने प्रस्ताव पारीत गरेको छ । सभामा नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिईसंस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ती÷समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु सभामा पेश भएका थिए ।
जनउत्थान सामुदायिक लघुवित्तको ११ औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
