नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
३ माघ २०७८, सोमबार

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश बीमा समितिबाट स्विकृतपश्चात र आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्