साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो, ७ अर्ब बढीको कारोबार « Arthapath.com
९ माघ २०७८, आईतवार

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो, ७ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से) दोहोरो अंकले करेक्सन भएको छ । आइतबार नेप्से परिसूचक १०.८३ बिन्दुले घटेर २९२०.५१ अंकमा बन्द भएको छ । गत साताको अन्तिम दिन घटेको बजार यस साताको पहिलो दिन पनि सामान्य घटेको हो ।

आइतबार दिनभरिमा २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर ८७ हजार ४७८ पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसदिन विभिन्न ५ वटा समूहको शेयर मात्रै बढेको छ भने अन्य समूह घटेको छ । आइतबार निर्जीवन बीमा समूह ०.२३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.२२ प्रतिशत, अन्य समूह १.६८ प्रतिशत, जीवन बीमा समूह १.३८ प्रतिशत र म्युचुअल फण्ड समूह ०.५६ प्रतिशतले बढेका छन् ।

यता बैंकिङ समूह ०.८७ प्रतिशत, ट्रेडिङ समूह १.४७ प्रतिशत, होटल तथा पर्यटन समूह १.५८ प्रतिशत, विकास बैंक समूह १.३९ प्रतिशत, हाइड्रो पावर समूह १.२२ प्रतिशत, फाइनान्स समूह २.७७ प्रतिशत माइक्रोफाइनान्स समूह ०.२ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.१४ प्रतिशतले घटेको छ ।

आज विन नेपाल लघुवित्तको शेयर मूल्य सवैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्