एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ? « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १३ गते, विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्