शेयर बजारमा हरियाली, स्थानीय तहको चुनाव हुने भएपछि १०५ अंकले बढ्यो नेप्से « Arthapath.com
१६ माघ २०७८, आईतवार

शेयर बजारमा हरियाली, स्थानीय तहको चुनाव हुने भएपछि १०५ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा रौनकता छाएको छ । सरकारले स्थानिय तहको चुनाव जेठ महिनामा गर्ने घोषणा गरेसँगै शेयर बजारमा लगानीकर्ता रमाएका हुन् । बजार खुलेदेखि नै शेयर बजार बढेको थियो ।

केही दिनको करेक्सनपछि बजार पुन लयमा फकिएको हो । स्थानीय तहको निर्वाचन जेठभित्रै सम्पन्न गर्न सत्ता गठबन्धन समूहका दलहरु सहमत भएपछि लगानीकर्तामा उत्साह छाएको हो ।

निर्वाचनका बेला राजनीतिक दल तथा उम्मेदवारहरुले खर्च गर्ने भएकाले बजारमा तरलता बढ्न सक्ने शेयर बजार विश्लेषहरु बताउँछन् ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ अंकमा बन्द भएको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ८१ हा। ७०६ पटक किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह २.६० प्रतिशत, विकास बैंक समूह ६.५६ प्रतिशत, फाइनान्स समूह ६.३४ प्रतिशत, होटल तथा पर्यटन समूह ४.५८ प्रतिशत, हाइड्रोपावर समूह ५.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूह ६.३६ प्रतिशत, जीवन बीमा समूह ३.४० प्रतिशत, म्यानुफ्याक्ट्ररिङ समूह २.७२ प्रतिशत, माइक्रोफाइनान्स समूह ३.२५ प्रतिशत, म्युचुअल फण्ड १.७५ प्रतिशत, निर्जीवन बीमा समूह ३.३६ प्रतिशत, अन्य समूह ३.८७ प्रतिशत र ट्रेडिङ समूह ४.९८ प्रतिशतले बढेको छ ।

आइतबार विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाईड्रोपावर र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयर मूलय बढेको छ ।


प्रतिक्रिया दिनुहोस्