दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८२ करोड बराबरको कारोबार « Arthapath.com
२७ माघ २०७८, बिहीबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८२ करोड बराबरको कारोबार



काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार बुधबार पनि घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार पनि गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बिहिबार नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो । बुधबार नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो ।

मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेको थिए । बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ । आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्