शेयरधनीलाई पुरानो लाभांश लिन सिटिजन्स बैंकको अनुरोध « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

शेयरधनीलाई पुरानो लाभांश लिन सिटिजन्स बैंकको अनुरोध



काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आव २०७२/७३ को लिन बाँँकी नगद लाभांश लिन अनुरोध गरेको हो ।

यो सुचना जारी गरेको आजको मितीले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआइएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा आवश्यक कागजात सहित सम्पर्क गर्न अनुरोध गरिएको छ । सो समयभित्र नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी गराएको छ । शेयर रजिष्ट्रार सिबिआई एल क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्