प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रभाव शेयर बजारमा, ९६.९० अंकको गिरावट « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रभाव शेयर बजारमा, ९६.९० अंकको गिरावट



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै यसको प्रभाव धितोपत्र बजार (नेप्से) मा समेत परेको छ । यसैदिन खुलेको बजारमा २ बजेर २० मिनेटसम्ममा ९६.९० अंकले बजार खस्किएको छ ।

९० लाख ८० हजार ५९० कित्ता शेयर ६३ हजार २०६ पटक किनबेच हुदाँ शेयर कारोबार ४ अर्ब ६८ करोड १ लाख ८९ हजार ८९५ रुपैयाँको भएको छ ।


प्रतिक्रिया दिनुहोस्