नेप्सेमा विभिन्न ६ कम्पनीको ३ करोड १८ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

नेप्सेमा विभिन्न ६ कम्पनीको ३ करोड १८ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । आइतबार ४ वटा बैंकसहित ६ कम्पनीको ३ करोड १८ लाख ३० हजार ७५०.७१९ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेल जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता शेयर, लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता शेयर, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता शेयर, मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस बापतको ८४ लाख ५६ हजार ३००.५३ कित्ता शेयर, आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १० लाख २८ हजार ४९४ कित्ता शेयर र हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस बापतको ६५ लाख ७ हजार ७६७.८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्