अहिलेसम्म ५३०.१६६८ प्रतिशत लाभांश दिएको नेपाल लाइफको हालसम्म कै कम लाभांश !

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु मध्ये अधिकांश सूचकमा नेपाल लाइफ अग्रस्थानमा छ ।
कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८ बैशाखमा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सले उत्कृष्ट ब्यवसाय गरिरहेको छ ।
कम्पनीले हालसम्म कै कम लाभांश दिएको छ । नेपाल लाइफले शेयरधनीहरुलाई उच्चतम लाभांश दिँदै आएकोमा आर्थिक बर्ष २०७६–०७७ मा सर्बभन्दा कम लाभांश दिएको हो ।
कम्पनीले हालसम्म १६८.१६६८ प्रतिशत नगद लाभांश र ३६२ प्रतिशत बोनस शेयर गरी कूल ५३०.१६६८ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक बर्ष २०६८–६९ मा सबैभन्दा धेरै १२६.३१ प्रतिशत लाभांश दिएको थियो ।
कम्पनीले आर्थिक बर्ष २०६८–६९ मा ७० प्रतिशत बोनस शेयर ५६.३१ प्रतिशत नगद गरी कूल १२६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०६९–७० मा ७० प्रतिशत बोनस शेयर र २८.५ प्रतिशत नगद गरी कूल ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७०–७१ मा ६० प्रतिशत बोनस शेयर ८ प्रतिशत नगद गरी ६८ प्रतिशत लाभांश प्रदान गरेको छ ।
त्यस्तै, आर्थिक बर्ष २०७१–७२ र आर्थिक बर्ष २०७२–७३ मा २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश शेयरधनीलाई दिएको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७३–७४ मा ४२ प्रतिशत बोनस शेयर र २८.५ प्रतिशत नगद गरी कूल ७०.५ प्रतिशत लाभांश दिएको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७४–७५ मा २५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद गरी कूल ४८.५ प्रतिशत लाभांश दिएको थियो र
त्यस्तै, आर्थिक बर्ष २०७५–७६ मा ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी कूल ५१ प्रतिशत लाभांश दिएको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७५–७६ मा १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश दिएको छ ।
नेपाल लाइफले सेयरधनीलाई ७ वर्षसम्म लाभांश दिएको थिएन । कम्पनीले आर्थिक बर्ष २०६५–६६ मा पहिलो पटक लगानीकर्तालाई २० प्रतिशत लाभांश दिएको थियो ।
