आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, ४ बर्षमा २६.०५ प्रतिशत लाभांश दियो

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्ष नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले घोषणा गरेको उक्त लाभांश बीमा समितिले स्वीकृतपश्चात र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ मा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७५–७६ मा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद गरी कूल ६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७४–७५ मा ५ प्रतिशत बोनस शेयर मात्रै वितरण गरेको थियो ।
हालसम्म कम्पनीले २६.०५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा २५ प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
