नेप्सेमा नेपाल बैंक र गुडविल फाइनान्सको १ करोड ८४ लाख कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

नेप्सेमा नेपाल बैंक र गुडविल फाइनान्सको १ करोड ८४ लाख कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको गरी कूल १ करोड ८४ लाख ८० हजार ६१४.०७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, गुडविल फाइनान्सको ९.१ प्रतिशत बोनस शेयर बापतको ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको शेयरधनीहरूलाई ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्