नेप्से १७.४२ अंकले वृद्धि, ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

नेप्से १७.४२ अंकले वृद्धि, ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार



काठमाडौं । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से १७.४२ अंकले वृद्धि भएर २७ सय ३५.९३ विन्दुमा बन्द भएको हो ।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले बढेको छ । सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले बढेर ५२३.१५ पुगेको छ । यसदिन २२४ कम्पनीको ६० लाख ९१ हजार ६०२ कित्ता सेयर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भयो । यसदिन कारोबारमा आएका ११ वटा समूहको सूचक बढेको छ भने २ वटा समुहको सूचक घटेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६८२ रुपैयाँ कायम भएको छ । त्यस्तै, युनाइटेड कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९१८.३० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज सिभिल लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यी कम्पनीको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २१ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्