सगरमाथा इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ? « Arthapath.com
१३ फाल्गुन २०७८, शुक्रबार

सगरमाथा इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको नाफाबटा लाभांश वितरण गर्ने घोषणा गरेका छन् । इन्स्योरेन्स कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७ड नाफाबाट २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद गरी कूल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितीबाट पारित भएपश्चात र आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

सगरमाथा इन्स्योरेन्सको लाभांश प्रस्ताव यस्तो :


प्रतिक्रिया दिनुहोस्