सगरमाथा इन्स्योरेन्सको लाभांश इतिहासः हालसम्म ४०१.६६ प्रतिशत लाभांश वितरण गर्दा बोनस र नगद कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको नाफाबटा लाभांश वितरण गर्ने घोषणा गरेका छन् । इन्स्योरेन्स कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७ड नाफाबाट २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद गरी कूल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितीबाट पारित भएपश्चात र आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।
इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६–७७ मा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजर्नाथ ०.५७८९ प्रतिशत नगद गरी कूल ११.७५८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७४–७५ मा ८६ प्रतिशत बोनस शेयर लाभांश वितरण गरेको थियो भने नगद वितरण गरेको थिएन ।
त्यस्तै, आर्थिक बर्ष २०७२–७३ मा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजर्नाथ १.१५ प्रतिशत नगद गरी कूल २३.१५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७१–७२ मा २३.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजर्नाथ १.२५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७०–७१ मा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजर्नाथ ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०६९–७० मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजर्नाथ २२.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०६८–६९ मा १०० प्रतिशत बोनस शेयर र कर प्रयोजर्नाथ २९.६२ प्रतिशत नगद गरी कूल १२९.६२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०६६–६७ मा १५ प्रतिशत बोनस शेयर र ११.३१६ प्रतिशत नगद लाभांश गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०६५–६६ मा १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हालसम्म कम्पनीले ३२२.७५ प्रतिशत बोनस शेयर र ७८९१०१ प्रतिशत नगद गरी कूल ४०१.६६०१ प्रतिशत लाभांश वितरण गरेको छ ।