नबिल बैंकको ३३.६० प्रतिशत सहित नेप्सेमा ३ कम्पनीको ४ करोड ७७ लाख बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा नबिल बैंक लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको गरी कूल ४ करोड ७७ लाख ८८ हजार २२.८५९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस शेयर बापतको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस शेयर र कर प्रयोनार्थ ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस शेयर बापतको २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।















