नेप्सेमा ४० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

नेप्सेमा ४० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्