नेप्सेमा नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस समायोजन, कति छ समायोजित मूल्य ? « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

नेप्सेमा नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस समायोजन, कति छ समायोजित मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ७४ रुपैयाँ १२ पैसा तोकिएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २७८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।

बुधबार यही समायोजित मूल्यलाई आधार मानेर लघुवित्तको शेयर कारोबार खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्