शेयर बजारको ओरालो यात्र बुधबार पनि जारी, नेष्डो समृद्धको मूलय १० प्रतिशत बढ्यो « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

शेयर बजारको ओरालो यात्र बुधबार पनि जारी, नेष्डो समृद्धको मूलय १० प्रतिशत बढ्यो



काठमाडौं । शेयर बजारको ओरालो यात्र बुधबार पनि जारी रहेको छ । बुधबार पनि शेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको हो ।

स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा रहेको थियो । तर चुनाव नजिक आउँदै गर्दा पनि शेयर बजार पुन राताम्य स्थितिमा पुगेको छ ।

लामो समयदेखि बजार करेक्सन हुँदै बजार घट्दै आएको छ । लगानीकर्ताको मनोबल बजारमा करेक्सनको डरले छोड्न सकेको देखिदैन । बजारमा तरलता अभाव बढ्नु र ब्याजदर बृद्धिले नै शेयर बजार घटेको शेयर विज्ञहरु बताउँछन् ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकटले गर्दा पनि लगानीकर्तामा निराशापन पनि छाएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय पनि नजिक आएको छ । बजारमा तरलता अभाव पनि कायम रहेकाले शेयर बजारमा नकारात्क असर परेको हुन सक्छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ अंकमा बन्द भएको छ । यसअघि नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ अंकमा बन्द भएको थियो ।

त्यस्तै, बुधबार दिनभरिमा २२६ कम्पनीको ४३ लाख ७२ हजार १७१ कित्ता शेयर ३८ हजार १७८ पटक किनबेच हुँदा १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि मंगलबार दिनभरिमा २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर ४५ हजार ८९४ पटक किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार भने तीनवटा समूहमा हरियो देखिएको छ । आज होटल तथा पर्यटन समूह, अन्य समूह र म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा राताम्य भएको छ । होटल तथा पर्यटन समूह २.०६ प्रतिशत, अन्य समूह ०.३७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.०६ प्रतिशत शेयर मूल्य बढेको छ ।

यता बैंकिङ समूह १.०६ प्रतिशत, ब्यापार समूह २.७६ प्रतिशत, विकास बैंक समूह १.२५ प्रतिशत, हाइड्रोपावर समूह १.१८ प्रतिशत, फाइनान्स समूह १.६२ प्रतिशत, निर्जीवन बीमा समूह १.६२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.३९ प्रतिशत, माकइक्रोफाइनान्स समूह १.१२ प्रतिशत, जीवन बीमा समूह ०.७४ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.६६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको शेयर मूल्य १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ५.४७ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्