नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । चैत्र २० गते आइतबारदेखि चैत्र २५ गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । रिलायन्स फाइनान्स लिमिटेड, नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगल गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयर बापतको २ लाख ९ हजार ३ सय कित्ता बोनस शेयर नेप्समा सूचीकृत भएको हो । कम्पनीलेक गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस शेयर बापतको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।