शेयर बजार आज बन्द, यस साता ३ दिन मात्र कारोबार हुने

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दिन मात्रै खुला हुने भएको छ । यस साता विभिन्न विदा परेका कारण शेयर बजार ३ दिन मात्रै खुला रहनेछ ।
हप्ताको ५ दिन सञ्चालन हुने शेयर कारोबार यस साता भने ३ दिन मात्रै कारोबार हुनेछ । आईतबार सरकारले रामनवमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । बिहिबार नयाँ बर्षको सार्वजनिक विदा परेको छ ।