२०७८ को अन्तिम दिन लगानीकर्ताको मनोबल बढाएर बन्द भयो शेयर बजार « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

२०७८ को अन्तिम दिन लगानीकर्ताको मनोबल बढाएर बन्द भयो शेयर बजार



काठमाडौं । २०७८ सालको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा हरियाली छाएको हो । नयाँ बर्षको स्वागत गर्नको लागि भएपनि शेयरमा हरियाली छाएको हो । यो सँगै बजारले नयाँ गति लिने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

पछिल्लो समय आर्थिक संकटको दबाव बढ्दै गएका बेला शेयर बजार पनि निरन्तर ओरालो लाग्दै आएको छ । तर बुधबार भने हरियाली देखिएको हो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ अंकमा बन्द भएको छ । यसअघि हिजो मंगलबार नेप्से सूचक ३४.७८ अंकले घटेर २३८५.०२ अंकमा बन्द भएको थियो ।

त्यस्तै, बुधबार दिनभरिमा २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर २८ हजार ९४५ पटक किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो मंगलबार दिनभरिमा २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर ३१ हजार ५७६ पटक किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको थियो । ।

बसधबार बैंकिङ समूह १.११ प्रतिशत, ब्यापार समूह ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूह १.५८ प्रतिशत, विकास बैंक समूह १.५३ प्रतिशत, हाइड्रोपावर समूह ०.९४ प्रतिशत, फाइनान्स समूह ०.८७ प्रतिशत, निर्जीवन बीमा समूह १.१७ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह १.१२ प्रतिशत, अन्य समूह २.२८ प्रतिशत, माकइक्रोफाइनान्स समूह २.१४ प्रतिशत, जीवन बीमा समूह ०.७३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४४ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.७२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, आरएमडीसी लघुवित्तको शेयर मूल्य ८.९८ प्रतिशत शेयर मूल्य बढेको छ । त्यस्तै, यूनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरको शेयर मूल्य २.०८ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्