पहिलो दिन नै शेयर बजारमा लगानीकर्ता निराश « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

पहिलो दिन नै शेयर बजारमा लगानीकर्ता निराश



काठमाडौं । शेयर बजारमा आज २०७९ सालको पहिलो कारोबार दिन हो । तर २०७८ साललाई हरियाली भएर बिदाई गरेको शेयर बजारले नयाँ बर्षको पहिलो दिन भने राताम्य छाएको छ ।

बजार निरन्तर ओरालो लाग्दै आएको छ । तर यसअघि गत साताको अन्तिम दिन भने हरियाली छाएको थियो । यसअघि निरन्तर उकालो लागेका बेलामा साताको अन्तिम दिन भने राताम्य हुन्थ्यो । तर त्यसको ठ्याक्कै उल्टो हुने गरेको छ, यसपटक । अन्य दिन राताम्य छाउने तर अन्तिम दिन भने हरियाली हुने अर्थात् बढ्ने गरेको छ ।

बजारमा तरलता अभाव भएकाले शेयर बजारमा यसको प्रभाव परेको शेयर विज्ञ बताउँछन् । कर्जा प्रवाहमा बैंकहरुले कडाई गरेपछि शेयर बजारमा प्रत्यक्ष प्रभाव परेको बुझाई छ ।

पछिल्लो समय आर्थिक संकटको दबाव बढ्दै गएका बेला शेयर बजार पनि निरन्तर ओरालो लाग्दै आएको छ । तर बुधबार भने हरियाली देखिएको हो । निर्वाचनको बेलामा बजारमा पैसाको बढी प्रयोग हुने भएकाले शेयर बजारमा पनि रौनकता छाउने आशा लगानीकर्तामा थियो । तर जति जति निर्वाचनको मिति नजिक आउँदै छ, त्यति नै शेयर बजार घटिरेहको छ ।

आर्थिक संटकको अवस्थामा पुगेको नेपालको अर्थतन्त्रले गर्दा पनि बजारमा लगानीकर्ता निराश हुन पुगेका छन् ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.६० अंकले घटेर २३८५.६४ अंकमा बन्द भएको छ । यसअघि गत बुधबार ३०.२४ अंकले बढेर २४१५.२४ अंकमा बन्द भएको थियो ।

त्यस्तै, आइतबार दिनभरिमा २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर २९ हजार ४४ पटक किनबेच हुँदा १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत बुधबार दिनभरिमा २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर २८ हजार ९४५ पटक किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको थियो । ।

आइतबार बैंकिङ समूह ०.५५ प्रतिशत, ब्यापार समूह ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूह २.०३ प्रतिशत, विकास बैंक समूह १.५८ प्रतिशत, हाइड्रोपावर समूह २.२१ प्रतिशत, फाइनान्स समूह २.३२ प्रतिशत, निर्जीवन बीमा समूह १.०८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह १.५६ प्रतिशत, अन्य समूह १.८२ प्रतिशत, माकइक्रोफाइनान्स समूह ०.९२ प्रतिशत, जीवन बीमा समूह १.५३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । हिमालयन उर्जाको शेयरमूल्य भने १० प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्