नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले बिहिबार २० प्रतिशत प्रतिशत बोनस शेयर वितरणका लागि बुक क्लोज गरेसँगै आज (जेठ १७ गते) नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य १ हजार ८ दशलमव ३३ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार २२० रुपैयाँ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
उक्त २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने जानकारी दिएको छ ।