नेप्सेमा एक कम्पनीको १ करोड ७९ लाख कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्सेमा एक कम्पनीको १ करोड ७९ लाख कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको गत चैत २१ गते सम्पन्न भएको वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यो बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्