सिवाईसी नेपाल लघुवित्तका लगानीकता निराश, कतिमा भयो पहिलो कारोबार?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको छ । लघुवित्तको शेयर प्रतिकित्ता ३८२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो ।
लघुवित्तको शेयर जेठ २७ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर गरी १२ लाख १६ हजार ४१७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।
नेप्सेले लघुवित्तको शेयर कारोबारका लागि ‘सिवाइसिएल’ सिम्बोल प्रदान गरेको छ । नेप्सेले लघुवित्तलाई पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म प्रदान गरेको थियो ।